×

NMB BANK
NIC ASIA

एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको हो ।

Muktinath Bank

विगतमा भूमिसम्बन्धी नीति, नियम, कानून छरिएकाले कार्यसम्पादनमा समेत कठिनाइ आएको थिए । भूमि कानूनलाई समेटेर बनाइने नयाँ ऐन वैज्ञानिक हुने अपेक्षा गरिएको छ । एकीकृत भूमि ऐन तयार गर्नका लागि मन्त्रालयले भूमि तर्जुमा समितिसमेत गठन गरी विज्ञ तथा प्रदेश र स्थानीय सरकारको सुझाव सङ्कलन गर्न लागेको प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनतासमक्ष गरिएको प्रतिबद्धता र सामाजिक न्यायमा आधारित रही संविधानको कार्यान्वयन गर्न उक्त ऐन महत्वपूर्ण हुनेछ । भूमिसम्बन्धी ऐन तीनै तहका सरकारका साझा अधिकार भित्रपर्ने हुँदा सबै पक्षसँग समन्वय र सहकार्य गरी सङ्घीय सरकारले ऐन ल्याउन लागेको हो ।


Advertisment
Nabil box
Kumari

बढ्दो शहरीकरणले गर्दा खेतीयोग्य जमीनमा नयाँ बस्ती थपिनेक्रम जारी छ । सुझाव सङ्कलनका क्रममा गरीब जनतालाई पनि लक्षित गरी ऐन ल्याउन हदबन्दी कायम गर्नुपर्ने, सुकुम्बासी व्यवस्थापन, कृषि, वनजङ्गल, जल उपयोग, पर्यावरण तथा जैविक विविधता, खानी तथा खनिज, विपद् व्यवस्थापनलाई ध्यान दिनुपर्नेमा सरोकार पक्षले जोड दिएका छन् ।

Vianet communication
Laxmi Bank

स्थानीय तहले भूमिलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला ताल, सार्वजनिक उपयोगका क्षेत्रलाई महत्व दिएर भूमिको प्रकृतिलाई वर्गीकरण गर्नुपर्ने र त्यसलाई आधार बनाएर ऐनमा व्यवस्था हुनुपर्ने, स्थानीय भू–उपयोग परिषद्ले जोखिमयुक्त क्षेत्र पहिचान गरेका क्षेत्रलाई सुरक्षित गर्नुपर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्दा मापदण्ड बनाउनुपर्नेजस्ता विषयमा विज्ञबाट सुझाइएका छन् ।

गुठी जग्गालाई अतिक्रमणबाट संरक्षण गर्ने गरी कानून बनाउने योजना छ । सरकारले गुठीसमेत समावेश गरी भूमिसम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइसकेको छ । यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गुठीसम्बन्धी व्यवस्था पनि समावेश हुने गरी मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । यसमा गुठीका प्रावधानसमेत समावेश थियो ।

यसअघि सरकारले संसद्मा छुट्टै गुठी विधेयक दर्ता गरेपछि त्यसको विरोध भइ सो विधेयक फिर्ता गरिएको थियो । ऐनले मालपोत, नापी, जग्गासम्बन्धी सबै कानूनलाई समेट्ने छ । औद्योगीकरण विस्तारका लागि विशेष आर्थिक क्षेत्र, ठूला लगानीका दीर्घकालीन राष्ट्रिय परियोजनाका साथै अन्तरप्रदेश फैलिएका परियोजना, प्राकृतिक तथा भौतिक सम्पदास्थल, धार्मिक सांस्कृतिक महत्वका स्थान, शैक्षिक क्षेत्र, राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील मानिएका स्थल संरक्षणका लागि विशेष ध्यान दिइनेछ ।

ऐनमा भूमि बजार विस्तारका लागि कार्यविधि निर्माणका साथै डिजिटल मालपोत सञ्चालनका लागि आवश्यक कानून परिमार्जन गरिनेछ । देशका विभिन्न सरकारी सार्वजनिक र गुठी जग्गा खोजी गर्न सरकारले छ महिना अगाडि स्थापना गरेको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले निर्धारित समयमा तोकिएको कार्यसम्पादन गर्न नसकेका कारण उक्त आयोग र पदाधिकारीको म्याद ६ महिनाका लागि थप गर्ने निर्णय सरकारले गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x