
कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा ललितपुरमा आयोजित फूटबल प्रतियोगिताको उपाधि ब्रिटिश दूतावासको टोलीले जितेको छ ।
नेपालस्थित कतारी दूतावासद्वारा आयोजित प्रतियोगितामा रसियन दूतावासलाई ६-३ गोल अन्तरले पराजित गर्दै ब्रिटिश दूतावासले उपाधि जितेको हो ।
ब्रिटिश टोली आयोजक कतार राजदूतावास तथा रसियन टोली कतार च्यारिटी टीमलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।
रसियन दूतावास र कतार च्यारिटीबीचको खेलको नतिजा भने पेनाल्टी शूटआउटबाट निकालिएको थियो ।

ललितपुरको हात्तीबनस्थित हिमालयन स्पोर्टस् एरिनामामा आयोजित खेलमा ८ टीमले सहभागिता जनाएका थिए ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइएको खेल ३०/३० मिनेटको भएको थियो ।
जीतसँगै ब्रिटिश टीमले मेडल र ट्रफी प्राप्त गरेका छन् भने उपविजेता रसियन टीमलाई मेडल दिइएको छ ।