२५ असार २०८३, बिहीबार

एसीसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा

फागुन २, २०७६
एसीसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा
प्रतिकात्मक तस्वीर

नेपाल क्रिकेट संघ (क्यान) ले थाइल्यान्डमा हुने एसीसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बंगलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए । 

आईसीसी विश्वकप क्रिकेट लिग २ खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ ।

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिंगापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । 

कोरोना भाइरसका कारण चीन, भूटान र म्यान्माले नखेल्ने

कोराना भाइरसका कारण चीन, भूटान र म्यान्माले एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै ३ वटै देशको सरकारले प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् । 

पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका ३ देश चीन, भूटान र म्यान्मा सहभागी नहुने भएपछि बाँकी ५ देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ । ३ वटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन् ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन् । छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ ।

एसिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्