मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन तोडेर महाराष्ट्रमा छुट्टै प्रदेश सरकार गठन गरेको शिवसेनाले भाजपामाथि प्रहार गर्न थालेको छ ।
शिवसेनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य प्रहार गर्दै पूरै दिल्ली प्रदेश ‘देशद्रोही’ रहेको प्रश्न गरेको छ ।
भाजपाले दिल्ली चुनाव प्रचारका क्रममा मुख्यमन्त्री अरबिन्द केजरीवाल देशद्रोही रहेको र उनलाई भोट नदिन आह्वान गरेको थियो । तर चुनावमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले ६२ सिट जितेको छ भने भाजपा ८ सिटमा सीमित भएको छ ।
दिल्ली चुनावलाई विश्लेषण गर्दै शिवसेनाको मुखपत्र सामनाले सम्पादकीयमा लेखेको छ, ‘बीजेपीका केही नेताले चुनाव प्रचारका क्रममा भनेका थिए, जो बीजेपीलाई भोट दिँदैनन्, उनी देशद्रोही हुन् । दिल्ली देशको राजधानी हो र दिल्लीले बीजेपी विरोधी मतदान गर्यो । अब बीजेपीले पूरै दिल्लीलाई देशद्रोही ठहराउँछ ? केजरीवालको जीतमा हजारौं जनता सडकमा आए । उनीहरू बन्दे मातरम र भारत माताकी जय भनेर नारा लगाउँदैथिए । यो देशभक्तिपूर्ण जीत बीजेपीलाई किन स्वीकार छैन ?’
दिल्लीसहित हालसालै भएका विधानसभा निर्वाचनबाट भाजपा अपराजित होइन भन्ने साबित भएको शिवसेनाले जनाएको छ । सम्पादकीयमा नरेन्द्र मोदी र अमित शाहमाथि बढी प्रहार गरिएको छ । ‘केबल दुई नेताको तागतले बीजेपी जित्न सक्दैन,’ सम्पादकीयमा लेखिएको छ, ‘अब बीजेपी यो दन्त्यकथाबाट बाहिर निस्किनुपर्यो ।’
दिल्लीमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका छन् भने भाजपा दशकौंदेखि दिल्लीको सत्ताबाट बाहिर रहेको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...