
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि समाजसेवी बद्री पहाडीले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
मोरङको विराटनगर निवासी पहाडीले भवनका लागि उक्त सहयोगको घोषणा गरेको समाजका सभापति उत्तम पुडासैनीले विज्ञप्तिमार्फत् जनाएका छन् ।
पहाडी मानव अधिकार तथा शान्ति समाजका संंस्थापक सभापति कृष्ण पहाडीका बुवा हुन् ।
'यसका लागि केही जग्गा छुट्ट्याइएको हुँदा सहयोग रकम क्रमश: जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ,' सभापति पुडासैनीद्वारा विज्ञप्तिमा भनिएको छ ।