२१ असार २०८३, आइतबार

थाहा छ तपाईंलाई, आज वर्षकै सबभन्दा छोटो दिन हो नि !

कात्तिक २०, २०७४
थाहा छ तपाईंलाई, आज वर्षकै सबभन्दा छोटो दिन हो नि !
काठमाडौं, ६ पुस — आजको दिन फुत्तै बितेको जस्तो लाग्यो तपाईंलाई ? लाग्यो भने तपाईंको अनुमान सही हो । आज बुधवार डिसेम्बर २१ वर्षकै सबभन्दा छोटो दिन हो ।


आजैको दिनबाट जाडो शुरु हुने मान्यता छ । हुन पनि काठमाडौंमा आज बादल लागेर जाडो भएको छ । आजदेखि रात लामा र दिन छोटा हुन्छन् ।

उत्तरी ध्रुव सूर्यबाट २३.५ डिग्रीमा झुक्छ आजैको दिन। यहीकारणले गर्दा वर्षको छोटो दिन हुन पुग्छ ।

आज सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ । यो सर्दी २१ डिसेम्बरदेखि १९ मार्चसम्म हुनेछ ।


तपाईं हामीजस्ता अफिसमा बस्ने मान्छेलाई आजको दिनको महत्व नहोला तर संसारमा यस्ता समुदाय पनि छन् जो परम्परागत तरिकाले आजको दिनलाई उत्सव मनाउँछन् । अनेकौं कार्यक्रमको पनि आयोजना हुने गर्छ जाडोलाई स्वागत गर्दै ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्