
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार उच्च अंकले वृद्धि भएको छ ।
लगातार उकालो लागिरहेको बजारले बिहीवार झण्डै ३० अंकले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो ।
नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अंकले बढेर १ हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । सेन्सेटिभ परिसूचक ४.५० अंकले वृद्धि भई ३००.४४ मा पुगेको छ ।
नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ मध्ये २ उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ ।
व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बीमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बीमा ३८५.३९ अङ्कले वृद्धि भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीवार शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १७ करोड २ लाख १३ हजार ९५ रुपैयाँमा कारोबार भयो ।
हिमालयन डिस्ट्रिलरीको १२ करोड २२ लाख ६७ हजार ८६९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १५ लाख १ हजार ७९८, गरिमा विकास लघुवित्तको ११ करोड १ लाख २६ हजार ५२४, शिखर इन्स्योरेन्सको १० करोड ६३ लाख ९१ हजार ७५२ र नेको इस्योरेन्स कम्पनीको ८ करोड ३० लाख ५ हजार ९८५ रुपैयाँको कारोबार भयो ।
नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।
राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्ट ट्रेडिङ कर्पोरेसन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए ।