कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
थरुहट नेता लक्ष्मण थारुले ८ औं दिनमा आफ्नो आमरण अनसन तोडेका छन्।
धनगढी संवाद समूहको पहलमा कैलाली जिल्लास्थित राजनीतिक दलले थरुहट÷थारुवान मोर्चाको आन्दोलनप्रति एक्येवद्धता जनाउँदै माग सम्बोधनको लागि संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धतापछि थरुहट नेता थारुले बिहीबार अनसन तोडेका हुन् ।
अनसनरत नेता थारुको जीवन रक्षा, टीकापुर घटना राजनीतिक भएकोले राजनीतिक रुपमा समाधान गर्र्न, टीकापुर घटनाको सत्यतथ्य छानविन गर्न गठिन सबै आयोग तथा कार्यदलहरुको प्रतिवेदनहरु सार्वजजनिक गराउनको लागि सरकारसँग पहल गर्ने लगायत विषयमा २ बुँदे निर्णयपछि अनसन तोडिएको संवाद समूहका सहजकर्ता एंव पत्रकार कर्ण शाहले जानकारी गराए।
संवाद समूहको छलफलमा नेकपाका जिल्ला सदस्य निर्मल शाहले राजनीतिक, आर्थिक र सामाजिक रुपमा पछाडी पारिएको थारुले उठाएको मुद्दा जायज भएको स्वीकार गरे।
टीकापुर घटना राजनीतिक घटना भएकाले राज्यले राजनीतिक ढंगले नै सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले भने–‘निर्दोष व्यक्तिहरु जेलमा रहेकोले सत्यतथ्य छानविन गरी न्याय दिन जरुरी छ । सबै दलले समस्याको समाधान खोज्ने तर्फ अग्रसरता देखाउनुुपर्दछ।’
नेपाली काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले मोर्चाले उठाएको १४ बुँदे मागमध्ये अधिकांश मागहरु जायज रहेको बताए। यसको सम्बोधन गर्नतर्फ सरकार मुकदर्शक बन्न नहुने बताउँदै उनले टीकापुर घटना छानविन गर्न गठिन गिरिशचन्द्रलाल आयोगसहितका सवै प्रतिवेदनहरु सार्वजनिक नगरिनु निन्दनीय रहेकोले राज्यले तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
सचिव कुँवरले अगाडी थपे, ‘टीकापुर घटना राजनीतिक हो। रेशम चौधरी निर्वाचित सांसद भएकोले भएकोले जनमतको कदर गरिनुपर्छ। रेशमलाई जितेकै कारण जेलमा हालियो। लक्ष्मण थारु हारेकै कारण जेलमुक्त गरिनु निन्दनीय छ।’
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव जगतप्रसाद जोशीले पनि टीकापुर घटना राजनीतिक घटना भएको बताउँदै समस्या समाधान गर्न सबैले पहल कदमी अप्नाउनुपर्ने बताए।
समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य विनोद चन्दले आफ्नो पार्टीले पहिल्यैदेखि थरुहट आन्दोलनप्रति समर्थन जनाउँदै आएको र हालपनि समर्थन गरेको बताए।
विवेकशिल पार्टीका कैलाली जिल्ला संयोजक रोशन पन्तको पनि टीकापुुर घटनालाई राजनीतिक ढंगले समाधानमा जोड दिए। राजपाका केन्द्रीय सदस्य फोनीराम चौधरीले थान्दोलन गरेकै भरमा थारु नेता तथा सर्वसाधारणलाई झुठ्ठा मुद्धा लगाएर फसाइएको दाबी गरे।
मोर्चाका केन्द्रीय संयोजक समेत रहेका नेता थारुले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाई, टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग गर्दै फागुन १ गतेदेखि धनगढीस्थित गुरही चौक (क्याम्पस चौक)मा आमरण अनसनमा बसेका थिए।
मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै विभिन्न आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार मात्र थारुकोे जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको थियो।
सम्बन्धित समाचार : आमरण अनसनमा लक्ष्मण थारुः भन्छन्, ‘मर्न तयार छु तर पहिचान र अस्तित्व बेच्दैन’
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...