३० असार २०८३, मंगलबार

वडाध्यक्षको अनशनप्रति काँग्रेसको समर्थन

फागुन १३, २०७६
वडाध्यक्षको अनशनप्रति काँग्रेसको समर्थन

नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका छन् ।  

भरतपुर अस्पतालमा उनलाई मंगलवार भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताए।

माडीका  जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै उनले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा काँग्रेसले संसद्मा  उठान गर्ने बताए। उनले भने, 'जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।'

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका छन् । उनको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ ।

पौडेललाई भेट्न नेता खाँण यहाँ आएका थिए । एक फरक प्रसङ्गमा उनले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए। 

salt training

कमेन्ट गर्नुहोस्