टर्किश एयरलाइन्सको विमान चढेका एक व्यक्तिलाई अधिकारीहरूले प्रवेशाज्ञा नक्कली भएको बताउँदै पक्राउ गरे । अनि उनलाई बबल र्याप (फोका भएको) प्लास्टिकमा बाँधेर डिपोर्ट गरियो ।
घटनाको भिडियोमा ती व्यक्तिले आफ्नो नाम इम्मानुएल चेद्जु भएको र उमेर ४७ वर्ष रहेको भनी चिच्याउँछन् । उनी क्यामरूनमा बस्छन् । पेशाले उनी जुत्ता व्यवसायी हुन् ।
भिडियोमा उनी भन्छन्, ‘उनीहरू मलाई मार्न चाहन्छन् । मलाई प्याकेज जस्तो गरी विमानमा राखे । सास फेर्न पनि गाह्रो भइरहेको छ ।’
पछि इम्मानुएलले आफू बिजनेस ट्रिपमा गएको बताए । इस्तानबुल विमानस्थलमा बाहिर जान लाग्दा पासपोर्ट कन्ट्रोलका अधिकारीले आफूलाई पक्राउ गरेको र भिसा नक्कली भएको बताए । त्यसैले हिरासतमा लिइने भने ।
अनि प्रहरीले आफूलाई एउटा कोठामा लगेको र सामान प्याक गर्ने प्लास्टिकले आफ्नो हातगोडा बाँधेको उनले बताए । उनी दुबई जानुपर्ने थियो तर फेरि क्यामरून पठाइयो । उनका साथी पनि सँगै थिए । साथीले नै घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरे ।
घटनाको कडा निन्दा गरिएको छ ।
How they export back african...#afrika #africa #afrique #turkey #turkiye #türkiye #turquie #türkei #istanbul #import #export #importexport #exportimport #foreigntrade #barter #troc pic.twitter.com/N7puy1543t
— Ehuzu Daniel Gbèmènou (@Ehuzud) February 19, 2020