
स्याङ्जाको भीरकोट नगरपालिका–९ ठूलीभञ्ज्याङ निवासी १२ वर्षीय युनिष गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन् ।
मंगलवार बिहान सुतिरहेको अवस्थामा चितुवाले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आक्रमणबाट उनको घाँटी र निधारमा गहिरो चोट छ ।
उनलाई उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । उक्त स्थानमा वन कार्यालयका कर्मचारी र प्रहरीले उक्त चितुवाको खोजी कार्य अगाडि बढाएका छन् ।
चितुवा आक्रमणबाट कास्की र तनहुँ जिल्लामा गरी ९ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।