१० साउन २०८३, आइतबार

संस्कृतका विद्यार्थीलाई प्रोत्साहन गर्न पुरस्कार कोष स्थापना

फागुन १७, २०७६
संस्कृतका विद्यार्थीलाई प्रोत्साहन गर्न पुरस्कार कोष स्थापना
प्रतिकार्यात्मक तस्वीर।

आधुनिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढेका बेला संस्कृत पढ्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिन अक्षयकोष स्थापना गरिएको छ।
 
नेपाल संस्कृत विश्वविद्यालय याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी महोत्तरीमा कार्यरत उपप्राध्यापक गोविन्दप्रसाद दाहालले संस्कृत पढ्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिन कोष स्थापना गरेका हुन्।

आफू उपप्राध्यापक पदमा नियुक्त भएको दोस्रो वर्षको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकको मुद्दति खातामा एक लाख राखी कोषको स्थापना गरेको उनले  जानकारी दिए। पछिल्लो समय संस्कृत पढ्ने विद्यार्थीका सङ्ख्या घट्न थालेकाले प्रोत्साहनका लागि पुरस्कार राशि स्थापना गरिएको दाहालले बताए। दाहाल सिद्धान्त ज्योतिष विषयका उपप्राध्यापक हुन्।

salt training

कमेन्ट गर्नुहोस्