२२ असार २०८३, सोमबार

ट्विटरले फेसबूक स्टोरी जस्तो फीचर ल्याउने, २४ घन्टामा ट्वीट गायब

फागुन २२, २०७६
ट्विटरले फेसबूक स्टोरी जस्तो फीचर ल्याउने, २४ घन्टामा ट्वीट गायब

ट्विटरले फेसबूक, इन्स्टाग्राम र स्न्यापच्याटबाट केही कुरा सिकिरहेको छ । 

उसले २४ घन्टामा गायब हुने ट्वीटहरू पोस्ट गर्ने सुविधा दिने विषयमा परीक्षण गर्ने घोषणा गरेको छ । 

यो नयाँ शैलीको ट्वीटलाई उसले फ्लीट्स नाम दिएको छ । यसलाई रिट्वीट गर्न मिल्दैन र यसमा पब्लिक रेस्पोन् िदिन मिल्दैन । ट्वीट गरिएका कुरालाई डीएम गरेर प्रतिक्रिया दिन सकिन्छ । 

फ्लीट्स टाइमलाइनमा देखिँदैन र त्यो हेर्नका लागि प्रयोगकर्ताको आइकनमा ट्याप गर्नुपर्छ । 

फ्लीटहरू २४ घन्टा मात्र रहने भए पनि कसैलाई सताउने वा कसैप्रति घृणा झल्किने ट्वीट गर्न नपाइने ट्विटरले जनाएको छ । आपत्तिजनक फ्लीट्सलाई रिपोर्ट गर्ने सुविधा पनि ट्विटरले दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्