०३ असार २०८३, बुधबार

काठमाडौं वर्ल्ड स्कूल र स्कूल बाई अटोम्याटिक्सबीच सहकार्य

फागुन २२, २०७६
काठमाडौं वर्ल्ड स्कूल र स्कूल बाई अटोम्याटिक्सबीच सहकार्य

स्कूल, कलेज तथा विभिन्न शैक्षिक संस्थाको बस लगायत अन्य यातायात व्यवस्थापन सहजताका लागि नेपाली बजारमा हालै स्कूल बाई अटोम्याटिक्स सार्वजनिक गरिएको छ ।

सिजि होल्डिङ्स चौधरी ग्रूप अन्तर्गत सूर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलमा आयोजना गरिएको विशेष कार्यक्रममा सम्पूर्ण मिडिया समक्ष हस्तान्तरण गरियो । 

कार्यक्रममा काठमाडौं वर्ल्ड स्कूलका अध्यक्ष इन्जिनीयर मिथिलेशकुमार झा, सिप्रदी ट्रेडिङ प्रालिका सीओओ राजेशप्रसाद गिरी, प्रिन्सिपल राजीव क्षेत्री र विशेष अतिथि पूर्व ट्राफिक इन्स्पेक्टर सिताराम हाछेथु लगायत टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ प्रालिका कर्मचारी पनि उपस्थित थिए ।

कार्यक्रममा काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल राजीव क्षेत्रीले सम्पूर्ण अतिथिलाई काठमाडौं वर्ल्ड स्कूलमा स्वागत गर्दै भने, ‘अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम समावेश गर्नुको साथै विश्वस्तरीय पूर्वाधारमा बनिएको नेपालको उच्चस्तरीय शिक्षण संस्था हो र आज हामी हाम्रा अभिभावक तथा बाल बालिकाहरूको दैनिक जीवनमा अझै सहजता ल्याउन यस स्कूल बाई अटोम्याटिक्ससँग सहकार्य गर्दैछौं ।’

‘यो एपले स्कूल र अभिभावकलाई मात्र नभएर ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा पनि धेरै नै मद्दत पुग्ने देखेको छु,’ उनले भने । कार्यक्रम पश्चात एपको विशेषताको जानकारी पाएर पूर्व इन्सपेक्टर सिताराम हाछेथुले धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्