कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
फागुन २३, २०७६
कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ।
धनगढी उपमहानगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।
उपमहानगरपालिकाको निर्णय अनुसार आइतवारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६/११/२५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’
सरकारले कोरोना भाइसर संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार रक्षा मन्त्रालयमा बसेको बैठकले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुनसक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सरकारको निर्देशन अनुसार सरकारी तथा निजी विद्यालयले फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने थियो । तर धनगढीमा भने अब वार्षिक परीक्षा अनिश्चित हुने भएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...