शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई ९ वर्ष जेल सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
बिहीवार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।
स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए ।
तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।