२२ असार २०८३, सोमबार

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं 'भ्यू टावर'का ठेकेदार भेटवालद्वारा आत्मसमर्पण

फागुन २७, २०७६
पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं 'भ्यू टावर'का ठेकेदार भेटवालद्वारा आत्मसमर्पण

ठगीको आरोप लागेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आज (मंगलवार) बिहान महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्मसर्मण गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. सञ्चालन गर्दै आएका मनोज ठगीको आरोपमा केही महिनादेखि प्रहरीको फरार सूचीमा थिए ।

प्रहरीकाअनुसार उनीविरुद्ध बैंकिङ कसूरअन्तर्गत चेक बाउन्सको उजुरी छ ।

भेटवालविरुद्ध गत साउनमा राजस्व अनुसन्धान विभागले हुण्डी कारोवारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

उनीसहित अन्य चार जनाविरुद्ध ४ करोड ६० लाख ४२ हजार रुपैयाँ अवैध कारोवारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

काठमाडौंको पूरानो बसपार्कमा निमार्णाधीन भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारतमा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्