१० साउन २०८३, आइतबार

प्रभू बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फागुन २७, २०७६
प्रभू बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभू बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा १ दिने वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 

चिचिला गाउँपालिकाका स्थानीयलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजीवी, नागरिक समाज लगायतका व्यक्तिको सहभागिता रहेको थियो । 

१ दिने वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाइ राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिनेबारे बताएका थिए । 

चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीय नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पन्न हुन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाबारे जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभू बैंक र सेजनलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभू बैंक लिमिटेड खाँदबारी शाखा कार्यालयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आप्mना भनाइ राखेका थिए ।

प्रभू बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्