१० साउन २०८३, आइतबार

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाह सम्झौता

फागुन २९, २०७६
नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाह सम्झौता

नेपाल बैँक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ ।

नीलकण्ठ नगरपालिकाको मेयर विकास उद्यमशिलता कार्यक्रम नेपाल बैंक मार्फत कार्यान्वयन गर्ने गरी बुधबार व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । 

धादिङ सदरमुकाम धादिङवेशीमा बुधबार आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भिमप्रसाद ढुंगाना र नेपाल बैँकका तर्फबाट बैंकका  बागमति प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार चालू आर्थिक वर्षमा निलकण्ठ नगरपालिकाका २ सय ८० जना उद्यमीले प्रत्यक्ष लाभ लिने छन् । 

सम्झौता लागू भएसँगै उद्यामीहरुले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन । उक्त कर्जामा उद्यमीहरुले व्यजमा अनुदान पाउनेछन् । सम्झौता बमोजिम असल ऋणीहरु मध्ये महिलले  ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन । 

बैंकले यो कर्जा  प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । सम्झौता तथा घोषणा सभामा नेपाल बैँकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानहरूले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप ब्याज अनुदान पाउने बताए । 

नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले नेपाल बैंक मार्फत मेयर विकास उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए । उनले यस कार्यक्रमबाट उद्यामीहरुले राम्रो लाभ लिन सक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्