२२ असार २०८३, सोमबार

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरू गर्दै

फागुन २९, २०७६
डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरू गर्दै

विश्वभरका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहिआएको छ ।

नेपाली युवाको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले केवर्ल्ड च्यानल शुरू गर्दैछ ।

के–पप, माइ लिटिल बेबी, रिचमान, किङ इन द लभ, मेल्टिङ हर्ट जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नम्बर ११३ मा प्रशारण हुनेछन् ।

च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकको लागि उपलब्ध गराइएको छ । डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिने छ ।

नेपाली टेलिभिजनको दर्शकमाझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानल सञ्चालन गरिरहेको डिशहोमले सञ्चालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्