२१ असार २०८३, आइतबार

चर्चित लाउडा काण्डमा न्यायाधीशको राय बाझियो

कात्तिक २०, २०७४
चर्चित लाउडा काण्डमा  न्यायाधीशको राय बाझियो
काठमाडौं , ७ बैशाख – लाउडा जहाज भाडामा ल्याउँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका सञ्चालकलगायत १० जनाविरुद्ध दायर सोह्र वर्ष पुरानो मुद्दाको निर्णयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामूहिक रूपमा भ्रष्टाचार भएको आरोपसहित मुद्दा दायर गरेका यी प्रतिवादीमध्ये दुईजनालाई सफाइ दिने वा भ्रष्टाचार ठहर गर्ने भन्ने विषयमा न्यायाधीशको राय बाझिएको हो। निर्णय सुनाउने क्रममा न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाबीच राय बाझिएको हो। दुबै जना न्यायाधीश लाउडाका विदेशी प्रमुखसहित आठ जनालाई सफाइ दिने विषयमा भने एकमत छन्। यो प्रकरणमा अब तीन जना न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्