२२ असार २०८३, सोमबार

ट्वीटरमार्फत ओलीले व्यक्त गरे चिकित्सकप्रति आभार, स्वास्थ्यलाभको कामना गर्नेलाई धन्यवाद

फागुन ३०, २०७६
ट्वीटरमार्फत ओलीले व्यक्त गरे चिकित्सकप्रति आभार, स्वास्थ्यलाभको कामना गर्नेलाई धन्यवाद

त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभार व्यक्त गरेका छन् ।

१२ दिनको अस्पताल बसाईंपछि प्रधानमन्त्री ओली शुक्रवार साँझ डिस्चार्ज भएका हुन् ।

बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु । मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु,’ उनले ट्वीट गरेका छन् ।

ओलीले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्