×

NMB BANK
NIC ASIA

समर्पण

समाजसेवा गर्दागर्दै आफ्नै बिहे बिर्सिने ८१ वर्षीया सानुमाया

चैत १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सेतै फुलेको कपाल, चाउरिएको गाला, होचो कद तर फुर्तिलो ज्यान । उमेरले ८१ औं वसन्त पार गरेकी सानुमाया गुरुङको सामान्य हुलिया हो यो । 

Muktinath Bank

यतिमात्र कहाँ होर सानुमायाको चिनारी समाजसेवीको रुपमा चर्चित छ । आफूसँग भएको जायजेथा समाजमै समर्पित गर्न रुचाउने सानुमायाले समाजसेवामा सक्रियताका लागि बिहे बन्धनमा नबाँधिने प्रण गरिन् र एक्लो जीवन बाँचिरहिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लमजुङ जिल्लाको साविक गिलुङ–१ हाल क्ब्होलासोथर गाउँपालिका–९ की सानुमायाको जन्म १९९५ माघ १० मा भएको हो । बाबु बजिर गुरुङ र आमा चण्डी गुरुङको कोखबाट चौथो सन्तानको रुपमा उनको जन्म भयो । 


Advertisment
Nabil box
Kumari

उनी जन्मदाको बखत रमाइलो कहानी छ । परिवारमा ३ छोरीको जन्म भइसकेपछि बजिर गुरुङ दम्पत्तिको चौथो सन्तान छोरा हुने अड्कलबाजी थियो । ज्योतिषीले पनि त्यही भने । चारैतिर खुसीयाली बिजारोपण हुँदै थियो । तर बजिर दम्पत्तिको चौथो सन्तानको रुपमा छोरी जन्मिइन् अर्थात् सानुमाया ।

Vianet communication
Laxmi Bank

पोखरामा लोकान्तरसँगको कुराकानीमा सानुमाया विगत सम्झिन्छन्, ‘म जन्मिएपछि परिवारमा झनै बेखुसी छायो । बाबा दुखित हुनुभयो । उहाँ त केही दिन घरै आउनुभएन । आमाले अर्को बिहे गर्न उहाँलाई सल्लाह दिनुभयो । म जन्मेकै महिना बाबाले कान्छी आमा ल्याउनुभयो ।’ 

सानुमायाका अनुसार बिहैको ९ महिनामै भाइ जन्मियो । उनका अनुसार कान्छी आमापट्टि १ भाइ र २ बहिनी छन् ।

बिहे किन नगर्ने प्रण गर्नुभएको भन्ने जिज्ञासामा सानुमायाले नमिठो सन्दर्भ पोखिन् । भनिन्, ‘अहिलेको जमानामा केटाकेटी हेरेर, कुराकानी गरेर सबै कुरा बुझेरमात्र बिहे हुन्छ । तर हाम्रो पालामा त माइती पक्षले आफ्नो चाहनाबिना नै समातेर बिहे गरिदिने चलन थियो । मलाई यस्तो प्रथाबाट नरमाइलो लाग्यो । बिहे नगर्ने कसम खाएँ । धर्म (समाजसेवा) गर्दागर्दै जीवन बित्यो ।’ 

ग्रामीण भेगको एउटा गाउँमा हेलत्वमै जन्मेकी सानुमायाको चिनारी नजिकैको मस्र्याङ्दी नदी कटेर यति फराकिलो बन्दै जानुको कारण के रहेछ त ? 

सबैभन्दा ठूलो कुरा त उनको मन हो । सकेसम्म दिन पाए हुन्थ्यो । दुःखी गरीब, असहायको पीडामा मल्हम बन्न पाए हुन्थ्यो भन्ने उनको उत्कट चाहना थियो । 

गाउँकै स्कुलमा कक्षा १० सम्मको पढाइ सकेकी सानुमाया २०२४ सालमा गाउँ पञ्चायको उपप्रधानपञ्चको उम्मेदवार बनिन् । चुनाव आफ्नो पक्षमा परेन। तर हरेस खाइनन् । 

२०२९ सालमा महिला संगठनको तदर्थ समिति बन्यो । उनी त्यसको अध्यक्ष भइन् । पछि २०३३ सालदेखि निरन्तर संगठनको सभापतिमा निर्वाचित भइन् । 

यस्तै, २०३४ देखि २०३८ सम्म जिल्ला रेडक्रस लमजुङको सभापति चुनिइन् । रेडक्रस आफैमा सामाजिक संस्था थियो । उनी समाजसेवामा क्रियाशील रहिन् । गाउँघर तथा जिल्लास्तरमा हुने कुनै पनि सामाजिक कार्यमा उनको सक्रिय बढ्दै जान थाल्यो । महिला सशक्तीकरणका लागि उनीहरुलाई सीप सिकाउने, प्रौढ कक्षा संचालन गर्ने, प्राथमिक उपचार तालिम संचालन गर्ने, महिला अधिकारको विषयमा सचेतना गराउने कार्यमा उनी भरमग्दुर प्रयासमा जुटिन् । पछि २०३९ सालमा उनी महिला संगठनको सभापतिमा पुनः चुनिइन् । महिला सीप विकास संस्था स्थापना गरेर महिला सचेतना तथा महिलाको स्तरवृद्धिमा विभिन्न तालिम संचालन गरिन् । 

यस्तै, २०४६ सालमा आदर्श महिला सीप विकास बहुउद्देश्यीय केन्द्र स्थापना गरेकी उनले प्रौढ कक्षा संचालन गरेकोमा सो संस्था जिल्लामै उत्कृष्ट घोषित भयो । २०४९ सालमा गिलुङ गाविस अध्यक्षमा उनी निर्वाचित भइन् । बहुदल आइसकेपछि  पनि नेपाली समाजमा महिला चुलोचौकाबाट बाहिर निस्केर राजनीतिमा सक्रिय हुनु कठिन थियो । उनी एकल जीवन बाँचेकैले बाहिर निस्कन सहज भयो । ताकि घरको कामधन्दामा अल्झिनुपरेन । 

उनकै नेतृत्वमा २०६० सालमा खोलिएको असहाय बाल संरक्षण गृह पछि महिला सीप विकास केन्द्रसँग मर्ज गरी आदर्श महिला तथा बालविकास केन्द्रको नाउँमा संचालित भयो । आफ्नै अभिभावकत्व रहे पनि सुरुवातमा सोको व्यवस्थापन समितिमा उनी वरिष्ठ उपाध्यक्ष थिइन् । ३ वर्षसम्म अध्यक्ष पद सम्हालेका लेखनाथ अधिकारीको २०६९ सालमा निधन हुँदा अध्यक्षको जिम्मेवारी पुनः सानुमायाकै काँधमा आइपुग्यो । 

वास्तवमा सो संस्थाले द्वन्द्वपीडित, असहाय तथा गरीबीको रेखामुनि रहेका बालबालिकाको संरक्षण प्रदान गर्दै आएको छ । हाल सो संस्थामा ११ जना आश्रित रहेको संस्थाका सचिव हुमा गुरुङ बताउँछिन् । संस्थाले हालसम्म ३३ जना बालबालिकालाई आवासीय सुविधासहित शिक्षादीक्षा प्रदान गरेको छ । बालगृहमा सुरुवातमा सशस्त्र जनयुद्धमा परी बाबुआमा गुमाएका अनाथ बालबालिका बढी थिए । अहिले द्वन्द्वमा परेका समुदायबाट कम रहे पनि विपन्न तथा अनाथ बढी आश्रित छन् । यहाँ बस्नका लागि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सिफारिस माग गरी छनोट प्रक्रिया गरिँदैआएको छ ।

बालगृहको स्थायित्वको लागि स्थापित अक्षयकोषमा उनी एक्लैले ४० लाख रुपैयाँ दान गरेकी छन् । १ करोड रुपैयाँ बराबरको अक्षयकोष राशि पुर्‍याउने लक्ष्य रहेकोमा हाल ७१ लाख रुपैयाँ पुगिसकेको छ । 

सानुमायाले तोम्बा छोयलिङ गुम्बा गिलुङलाई ८ लाख, पोखरा रामघाटको गुम्बालाई ५ लाख, ह्युला ह्यो गुम्बालाई १ लाख ८५ हजार, साङ्गे छोयलिङ गुम्बा, खुँदीलाई १ लाख रुपैयाँ व्यक्तिगत रुपमा प्रदान गरिसकेकी छन् । 

संस्था संचालनमा नेतृत्व भूमिका एकातिर छँदैछ, सानुमायाले विभिन्न सामाजिक संस्थामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनी हाल सोम्बाछिलिङ गुम्बा व्यवस्थापन समिति, ह्युल्सा ह्सों गुम्बा, विद्या विकास मावि व्यवस्थापन समिति, जिल्ला रेडक्रस, नेपाल बाल संगठन, जनविकास कलेज, बुद्धोदय मावि, इशानेश्वर मावि, मस्र्याङ्दी बहुमुखी क्याम्पस, नमुना सामुदायिक अस्पताल, तमु छोंज धि लगायत दर्जन बढी संघसंस्थामा आबद्ध छिन् । 

सानो छँदा आफ्ना बाबुको सामाजिक कार्यमा संलग्नता देखेरै त्यसैबाट प्रेरित सानुमायाले सामाजिक कार्यमा जीवन समर्पित गरेको बताउँछिन् । उनको सामाजिक सेवाको भावनालाई कदर गर्दैै थुप्रै संघसंस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । २०३० सालमै उनले रत्न साक्षरता पुरस्कार पाएकी थिइन् । श्री ५ ऐश्वर्य शिल्प कला शिल्ड २०३१ बाट सम्मानित उनी प्रजातन्त्र सेनानी संघबाट यसै वर्ष सम्मानित भइन् । 

यसैबीच, मानवअधिकार पत्रकार संघ (हुर्जा), गण्डकीले उनको सामाजिक कार्यको योगदान कदर गर्दै शुक्रबार पोखरामा ननलाई १५ हजारसहित सम्मान गरेकोमा सो सम्मानको राशि समेत उनले आफ्नै संस्था संचालनार्थ हस्तान्तरण गरिन् । सानुमायाको बुढ्यौली उमेरमा पनि समाजसेवाप्रतिको सक्रियता देखेर हुर्जाबाट संचाचित यसकुमारी जिसी स्मृति मानवअधिकार प्रदेश पुरस्कार प्रदान गरिएको हुर्जा गण्डकीका नवनिर्वाचित अध्यक्ष असफल गौतमले जानकारी दिए । 

कुराकानीको अन्त्यतिर सानुमायाले जीवनको महत्त्वबारे प्रस्ट पार्दै भनिन्, ‘धर्म गर्नुपर्छ । दुःखीलाई दिनुपर्छ । जीवन यसैमा धन्य छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x