१६ असार २०८३, मंगलबार

मधेसकेन्द्रित दलको एकीकरणः राष्ट्रिय राजनीतिमा के प्रभाव पार्ला ?

कात्तिक २०, २०७४
मधेसकेन्द्रित दलको एकीकरणः राष्ट्रिय राजनीतिमा के प्रभाव पार्ला ?
काठमाडौं ७ बैशाख– विगतमा टुटफूट र विभाजनमा रुमल्लिदै आएका मधेस केन्द्रीत पाँच दलबीच बिहीवार एकीकरण हुँदैछ । प्रमुख पाँच दलले मधेसी मोर्चा चुनावमा नआएपनि ३१ वैशाखका लागि निर्धारित चुनाव नरोक्ने निर्णय गरेको भोलिपल्टै मोर्चामा आबद्ध दलहरुबीच एकीकरण हुन लागेको हो । यसले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने जानकारहरु बताउँछन् ।


टुटफुटका कारण मधेस केन्द्रीत दलको शक्ति क्षयीकरण भइरहेको समयमा पाँच दलले एकीकरण मार्फत नयाँ सन्देश दिन खोजेका छन् । अहिले एकीकरण हुन लागेका पाँच दल मध्ये दुइवटा दलमात्र मूल पार्टी हुन् । अन्य दल फुटको उजप हुन् ।

लामो समय कांग्रेसमा राजनीति गरेका महन्थ ठाकुर नेतृत्वको तमलोपाबाट फुटेर महेन्द्र यादवले नयाँ पार्टी खोलेका हुन् । अनिल झाको नेपाल सदभावना पार्टी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट अलग भएको थियो । यद्यपि बिहीवारको एकीकरणमा झा उपस्थित नहुने सम्भावना छ ।

कांग्रेसमै लामो समय राजनीति गरेका शरदसिंह भण्डारी २०६४ सालमा मधेसी फोरम नेपाल, फोरम लोकतान्त्रिक हुँदै तराई मधेस समाजवादी पार्टी गठन गरेका थिए । राजकिशोर यादव पनि जेपी गुप्तासँगै फोरम नेपाल फुटाएर बनेको फोरम गणतान्त्रिकको अध्यक्ष रहँदै आएका छन् ।

एकताका दुई कारण

मधेस मामिलाका जानकार डा राजेश अहिराज मधेस केन्द्रीत दलको एकीकरणले दुईवटा सन्देश दिएको बताउँछन् । ‘पहिलो एकतामा शक्ति छ भन्ने सन्देश दिन्छ, अर्को फुटेका कारण टाढा भएका कार्यकर्ता र सहानुभूति राख्नेहरुलाई संगठित गर्ने काम गर्छ’ अहिराज भन्छन्, ‘एकीकरणमा जेपी गुप्ता लगायतका सबैदललाई समेटने प्रयास गरेको भए, मधेसको भूमिमा गरेको भए राम्रो सन्देश जान्थ्यो ।’

विगतमा टुटफूट मधेश केन्द्रीत दलको ‘पहिचान’ बनेपनि यसपटक निर्वाचन कानूनमा प्रतिनिधि सभा निर्वाचनमा तीन प्रतिसत थ्रेसहोल्ड राख्नेगरी निर्वाचन कानूनमा सहमति भएपछि मधेसी दलबीच एकीकरण बाध्यता बनेको हो । विगतमा टुटफुटमा लागेका दल भविष्यमा एकजुट भएर बहिरहलान ? अहिराज भन्छन्, ‘काग्रेस, एमाले, माओवादी र राप्रपा सबै फुटेका छन् । फुटने र फुटाउने क्रम चाहिँ चलिरहन्छ ।’

मधेसी शव्द किन हटाए ?

मधेस केन्द्रीत राजनीतिक दलले एकीकृत पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखेका छन् । यसअघि उनीहरुको दलको पहिचान ‘मधेस’ शव्द थपिएको थियो । ‘राष्ट्रिय राजनीति गर्ने भए उनीहरुले हुम्ला जुम्लाका समस्या पनि उठाउनु पर्यो’ अहिराज भन्छन्, ‘पहिचानको राजनीति गर्ने ले पार्टीले मधेस शब्द नै हटाउदा उनीहरुलाई नकारात्मक प्रभाव पार्छ ।’

मधेसमा जाँदा किन एउटै दल नबनेको भन्ने सवालको जवाफ दिनुपर्दा हैरान बनेका कारणपनि मधेस केन्द्रीत दलको एकता बाध्यात्मक बनेको विश्लेषकहरु बताउछन् । ‘गणतन्त्र आएपछि मधेस केन्द्रीत दल ५० भन्दा बढी मन्त्री बने तर मधेसीले के पाए भन्ने सवाल र प्रश्न मधेसी जनताको छ’ मधेशी दलका एक नेताले भने ।

उपेन्द्र किन मिल्दैनन् ?

पाँचवटा दलको एकीकरण भएपनि मधेसका अन्य दुई दल एकीकरणमा आएका छैनन् । अहिले संसदको पाँचौ ठूलो दल फोरम लोकतान्त्रिक र छैठौ दल फोरम नेपाल एकीकरणमा सहभागि भएका छैनन् । ‘मधेसमा प्रजातान्त्रिक र बाम गरेर दुइ धार बन्दैछ, नयाँ गठबन्धनमा उपेन्द्र सहभागि हुदैनन्’ अहिराजको विश्लेषण छ ।

फोरम लोकतान्त्रिकका विजय गच्छेदारपनि अन्य नेतालाई अध्यक्ष स्वीकार गरेर एकीकरणमा नजाने भन्दै संसदका साना दललाई एकीकरण गर्ने अभियानमा लागेका छन् ।

उपेन्द्र यादवको फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकताको कसरत भइरहेको छ । वैशाख पहिलो सातामा पार्टी एकिकरण गर्ने तयारी गरिए पनि त्यसले मूर्त रुप लिन सकेको छैन ।

निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनको घोषणा गरेका मधेस केन्द्रीत दलहरुको एकताले उनीहरुको आन्दोलनमा टेवा पुग्ने छ भने निर्वाचनमा भागलिएको खण्डमा तराईका जिल्लाहरुमा प्रमुख दलहरुलाई राक्न उनीहरु सफल हुने विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले तराईका जिल्लाहरुमा मधेस केन्द्रीत साना दलहरुसँग निर्वाचनका समयमा तालमेल गर्ने विषयमा छलफल जारी राखेका समाचारहरु आइरहेको समयमा भने यो एकताले धक्का दिएको छ ।

अब आगामी दिनमा पनि मधेस केन्द्रीत दलहरुको एकता कामय रहन्छ कि पुनः एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति हावी हुन्छ, त्यो समयले नै बताउने छ ।

salt training

कमेन्ट गर्नुहोस्