२२ असार २०८३, सोमबार

छाला सुख्खा हुने समस्या छ ? यसो गर्नुस्

चैत ४, २०७६
छाला सुख्खा हुने समस्या छ ? यसो गर्नुस्

छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो । जसले शरीरको तापक्रम नियन्त्रण र बाहिरी वातावरणसँग सन्तुलन कायम गर्छ । छालाको बाहिरी भागका कोषिकासँगै लिपिड र सेरामाइडजस्तै पानी सोसेर राख्ने तत्व हुन्छन् । त्यस्तै, सिबेसियस र एक्सोक्राइनजस्ता ग्रन्थिले पनि छालालाई नरम बनाएर राख्न मद्दत गर्छन् ।

उल्लेखित विषयमा वंशानुगत ह्रास आउँदा छाला सुक्खा हुने समस्या आउँछ । जसले गर्दा इचथियोसिस, एटोपिक डर्मेटाइसिसजस्ता समस्या (छाला सुक्खा हुने रोग) देखा पर्छन् । साथै, थाइराइड र मिर्गाैलाको समस्या, मधुमेहजस्ता रोग लागेमा पनि छाला सुक्खा हुन सक्छ । यो समस्या जुनसुकै उमेरका मानिसलाई देखा पर्न सक्छ ।

 कारण

धेरै चिसो मौसम, हावाहुरी चल्ने मौसम, मौसम परिवर्तन र र सुक्खा वातावरणले छाला सुक्खा हुने गर्छ ।

जलवियोजन अर्थात् पानीको कमी हुँदा ।

कडा खाले साबुन तथा कस्मेटिकको प्रयोग ।

केमिकलको प्रयोग तथा पोषक तत्वको कमी हुनु ।

औषधि तथा सेनिटाइजरको धेरै प्रयोगले पनि छाला सुक्खा हुन सक्छ । 

लक्षण 

सुक्खा छालाले गर्दा बच्चामा एटोपिक डर्मेटाइसिस भन्ने रोग देखा पर्छ ।

शरीर चिलाउने, बिबिरा वा फोका आउने, जसले गर्दा सुत्न नसक्ने, खान मन नलाग्ने र शारीरिक तथा मानसिक विकासमा समेत असर गर्छ ।

सुक्खा छालाले वयस्कमा समेत एलर्जी बढ्ने, चिलाउने, बिबिरा आउने हुन्छ । त्यस्तै, चिलाएर दैनिक कार्यमा समेत बाधा पुर्‍याउँछ ।

बच्ने उपाय 

दैनिक व्यवहारमा सुधार ल्याउन सके छाला सुक्खा हुन पाउँदैन । 

तीन–चार लिटरभन्दा बढी पानी नियमित पिउने ।

झोलिलो खानेकुरा र फलफूल धेरै खाने ।

हातमुख धोएपछि र नुहाएलगत्तै मोस्चराइजर क्रिम लगाउने ।

ननड्राई क्लिन्जर र फेसवास प्रयोग गर्ने । 

मेकअप गर्नुअघि मोस्चराइजर क्रिम लगाउने ।

यदि मोस्चराइजर क्रिम लगाउन सकिएन भने नरिवलको तेल लगाउनाले पनि छाला नरम हुन्छ ।

नरम खालको साबुन र लोसनको प्रयोग गर्ने ।

धेरै एलर्जीको समस्या देखिएको छ भने डाक्टरसँग परामर्श लिने । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्