×

NMB BANK
NIC ASIA

कोरोना सतर्कता : गड्डाचौकीबाहेक कञ्चनपुरका सबै सीमा नाकामा आवतजावत बन्द

चैत ८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकी बाहेकका सीमानाका बन्द गरिएका छन् । 

Muktinath Bank

आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रह्मदेव, दोधाराचाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावास लगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिवार बसेको समन्वय समितिको बैठकले गड्डाचौकी नाका बाहेकका नाकामा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।


Advertisment
Nabil box
Kumari

गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सवारी साधनको आवतजावतलाई तत्काल रोक्ने र नेपाल भित्रिने सबै पैदलयात्रीको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाहपछि मात्र नेपाल भित्रिन सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

Vianet communication
Laxmi Bank

बैठकले महाकाली अस्पतालको आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मीसमेत तयारी हालतमा राख्ने निर्णय गरेको उनले बताए ।

जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसका लागि सबै स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीलाई कुनै पनि स्थानमा खटाउन सकिने निर्णय गरिएको छ । आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सलाई आलोपालोरुपमा चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

बैठकले कोरोना संक्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाकासहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विवरण र काम गरेको अवधिसमेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतिमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउने निर्णय पनि गरिएको छ । 

भीमदत्त नगरपालिका–४ स्थित सीएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्न सकिने गरी मर्मतसम्भार गरेर तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x