०३ असार २०८३, बुधबार

पिपल्स क्याम्पसमा अनेरास्ववियुले बाजी मार्यो (मतपरिणामसहित)

कात्तिक २०, २०७४
पिपल्स क्याम्पसमा अनेरास्ववियुले बाजी मार्यो (मतपरिणामसहित)


काठमाडौँ, ८ वैशाख - काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा अनेरास्ववियु विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका आदित बोहोरा १७१ मत ल्याई विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले १२३ मत र अखिल क्रान्तिकारीका सचीन भुर्तेलले जम्मा ५६ मत प्राप्त गरेका थिए ।

सचिवमा उमेश विक (सिरिष) र कोषाध्यक्षमा अरुण धिताल विजयी भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

सदस्यमा विश्वास खनाल, रुजिना पौडेल, जोनसन अधिकारी, सिर्जना सेन्चुरी, पुष्प मोक्तान, मुकुन्द खतिवडा र अमिश मानन्धर निर्वाचित भएका छन् ।18049620_1866151500304069_1550029766_o

salt training

कमेन्ट गर्नुहोस्