कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश मुलुकमा लक–डाउन गरिएको छ ।
लक–डाउनका समयमा दुई जोडीको विवाह भएको खबर अहिले सामाजिक सञ्जालभर चासोको विषय बनेको छ ।
यो घटना भारतको विहारस्थित बेगूसरायको हो । यहाँ दुई दिदिबहिनीको अनलाइनबाट विवाह गरिएको छ । ल्यापटपमा भिडियो कन्फ्रेन्सिङ गरी दुई दिदिबहिनीको विवाह सम्पन्न गरिएको हो ।
स्थानीय मिदहटोली निवासी मोहम्मद वली अहमद कुरैशीको दुई छोरी नगमा परवीन र राहत परवीनको २५ मार्चमा विवाह तय भएको थियो । यद्यपी २१ दिनको लकडाउन यही अवधिमा छ ।
लक–डाउनलाई समर्थन गर्दै बेहुला र बेहुलीपक्षले अनलाइनबाटै विवाह गर्ने निर्णय गरे ।
२५ मार्चकै दिन कुरैशीकी जेठी छोरी नगमाको नालंदा जिल्लाको शमशाद एवम् दोस्री छोरी राहतको सोही जिल्लाका शाहनवाज आलमसँग अनलाइनमार्फत विवाह गरिएको हो ।