२२ असार २०८३, सोमबार

कोरोनाका कारण अमेरिकामा बेरोजगारीको भयावह समस्या आउने आकलन

चैत १४, २०७६
कोरोनाका कारण अमेरिकामा बेरोजगारीको भयावह समस्या आउने आकलन

कोरोनाभाइरस महाव्याधिका कारण अमेरिकामा बेरोजगारीको दर आर्थिक मन्दीको बेलामा भन्दा बढी हुने वार्विक विश्वविद्यालयका अर्थशास्त्री रोजर फार्मरले बताएका छन् । 

यसै हप्ताको आरम्भतिर यूएस फेडरल रिजर्भका एक अधिकारीले संक्रमणका कारण ३० प्रतिशत अमेरिकीहरू बेरोजगार हुने अनि देशको कुल गार्हस्थ्य उत्पादन ५० प्रतिशतले घट्ने पूर्वानुमान गरे । यूएस फेडरल रिजर्भ बैंकका अध्यक्ष जेम्स बल्लार्डले यसै वर्षको दोस्रो त्रैमासिकमा यस्तो स्थिति आउने बताए । 

‘पूर्वानुमान सही ठहरिएछ भने अहिलेसम्मकै सबभन्दा ठूलो आँकडा हुनेछ । ग्रेट डिप्रेसनको बेलामा अमेरिकाको बेरोजगारी दर २४ प्रतिशत थियो,’ प्राध्यापक फार्मरले बताए । 

सामाजिक एकान्तवास अन्त्य भएपछि परिस्थिति सुध्रिन थाल्ने भएकाले अहिलेको असहज अवस्था अल्पकालीन मात्र हुने उनले बताए । तर अर्थतन्त्रलाई उकास्नका लागि दिइने सही गतिशीलतमा यो कुरा भर पर्ने उनको कथन छ ।

‘स्थायी रूपमै रोजगारी गुमेमा र रोजगारदाता तथा जागिरेबीचको सम्बन्ध भत्किएमा अर्थतन्त्र उकासिन थप समय लाग्नेछ,’ उनले भने । 

यूएस प्राइभेट जब क्वालिटी इन्डेक्सले जारी गरेको भविष्यवाणीमा अमेरिकाभरि भाइरसका कारण कम्पनी बन्द भएकाले तीन करोड ७० लाख कामदारहरूको रोजगारी गुम्न सक्ने देखिएको छ । सरकारले व्यापारिक प्रतिष्ठानहरूलाई सहयोग गर्ने भने पनि बेरोजगारीको दाबी गर्नेहरूको संख्या ऐतिहासिक रूपमै बढ्ने देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्