३१ असार २०८३, बुधबार

कोरोना संक्रमित युवतीसंँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

चैत १४, २०७६
कोरोना संक्रमित युवतीसंँगै आएका दम्पतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कतारबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ।

 युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका  दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीबार टेकु अस्पताल काठमाडौँ पठाइएकामा शुक्रबार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।

कोरोना संक्रमित युवतीसँंगै आएका जिल्लाका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्