
दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णाली बजारको एक होटेलमा माछा सिल तयार गरी सुकाउने तयारीमा। केहीदिनदेखि कर्णाली राजमार्ग बन्द भएपछि आलो माछा बिक्री नहुँदा सुकाएर लकडाउनको समय सकिएपछिका लागि व्यवस्थापन गर्न लागिएको हो।
कर्णाली नदीको माछा निकै स्वादिलो र रुचाइने भएकाले राकम बजारका हरेक होटलहरुमा पाइने माछाको स्वादमा आन्तरिक तथा बाह्य पर्यटकहरु लोभ्यिने गर्दछन्। कर्णाली राजमार्ग सञ्चालनमा हुँदा दिनहुँ २०/३० केजी बिक्री हुने माछा लकडाउनले गर्दा बिक्री नभएपछि सिल बनाएर सुकाउने गरेको स्थानीय भनाइ छ। तस्वीर : पुरुषोत्तम थापा/रासस