३१ असार २०८३, बुधबार

चीनबाट ल्याएका स्वास्थ्य सामग्री सेनाको हेलिकप्टरबाट आजै सातै प्रदेशमा पुर्‍याइने

चैत १६, २०७६
चीनबाट ल्याएका स्वास्थ्य सामग्री सेनाको हेलिकप्टरबाट आजै सातै प्रदेशमा पुर्‍याइने
फाइल फोटो

चीनबाट ल्याइएका पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री नेपाली सेनको हेलिकप्टरबाट आजै ७ वटै प्रदेशमा पठाइने भएको छ ।

आज बिहान चीनबाट आएका औषधि, मास्क, पीपीईलगायतका औषधीजन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पठाउन लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आपूर्ति महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए ।

डोटेलले लोकान्तरसँग भने, ‘हामीले सामानहरू प्रक्रियामा राखेका छौं, ती सामानहरू प्रक्रियागत रूपमा बुझिसकेपछि आजै सातै प्रदेशमा पठाउछौं ।’

चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, कोरोना चेक गर्ने किट, ल्याब मेसिनलगायत अत्यावश्यक सामग्री आज (आइवार) बिहान ५ः३० मा त्रिभुवन विमानस्थलमा ओरालिएको थियो ।

सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रक्रिया शुक्रवारबाट धरानमा शुरू गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्