२२ असार २०८३, सोमबार

कोरोनासँग लडिरहेकी चिकित्सकलाई कुकुरले दियो मानसिक शान्ति

चैत १६, २०७६
कोरोनासँग लडिरहेकी चिकित्सकलाई कुकुरले दियो मानसिक शान्ति

कोरोना महाव्याधिविरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेकी एक चिकित्सकलाई वीन नामक कुकुरले मानसिक शान्ति दिइरहेको छ । 

अमेरिकाको डेनभरमा रहेको रोज मेडिकल सेन्टरमा कार्यरत एक चिकित्सक वीनमाथि मायाप्रेम खन्याइरहेकी छन् । उक्त अस्पतालमा कोरोना संक्रमितहरू थुप्रिएपछि चिकित्सकहरू चरम दबाबमा परेका छन् । तालिमप्राप्त उक्त

कुकुरलाई डा सुसन रायनले तालिम दिएकी हुन् र उनैले यो तस्वीर फेसबूकमा शेयर गरेकी हुन् । 

कुकुरले चिकित्सकहरूलाई भावनात्मक सहयोग गरिरहेको बताइएको छ । 

अस्पतालले वीनका लागि विशेष कोठा छुट्ट्याएको ल्याडबाइबल लेख्छ । यो कोठा आकस्मिक कक्षभन्दा टाढा छ अनि चिकित्सकहरू सफा भएर आएपछि कुकुर राखिएको कक्षमा गएर कुकुरलाई अँगाल्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्