२६ जेठ २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। प्रहरीका अनुसार अनियन्त्रित भइ सडक छेउको नालीमा खस्दा मोटरसाइकल चालक लिलामणी घिमिरे र विन्दा सवार मोटरसाइकल दुर्घटना हुँदा विन्दाको उपचारका क्रममा मृत्यु भएको छ, भने लिलामणीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्