०३ साउन २०८३, आइतबार

खरिपाटी क्वारेन्टाइनमा बस्ने ९४ मा कोभिड १९को संक्रमण देखिएन

खरिपाटी क्वारेन्टाइनमा बस्ने ९४ मा कोभिड १९को संक्रमण देखिएन

स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जना नेपाली नागरिकको कोभिड १९ परीक्षण नेगेटिभ आएको बताएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबैको परीक्षण भएको र कुनैमा पनि संक्रमण नदेखिएको बताएका हुन् ।

‘खरीपाटीमा ९४ जना व्यक्तिहरूको पनि टेस्ट गरिएको छ, सबैको टेस्ट नेगेटिभ आएको छ,’ डाक्टर देवकोटाले भने ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि पनि विदेशबाट आएका नेपालीहरूलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्