२९ असार २०८३, सोमबार

लकडाउनको समय ७ दिन थप्ने तयारी, दिउँसो मन्त्रिपरिषद् बैठक

लकडाउनको समय ७ दिन थप्ने तयारी, दिउँसो मन्त्रिपरिषद् बैठक

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन)को अवधि फेरि एक साता थप गर्ने तयारी गरेको छ ।

दोस्रोपटक थपिएको लकडाउन भोलि मंगलवार सकिन लागेपछि तेस्रोपटक थप्न लागिएको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिशका आधारमा सरकारले लकडाउनको समय थप गर्न लागेको हो । 

सरकारले चैत्र १२ गतेदेखि १८ गतेसम्म पहिलो चरणमा र चैत्र २९ देखि २५ सम्म दोस्रो चरणमा लकडाउन घोषणा गरेको थियो । सामाजिक दूरी कायम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित अवधि बढाउने निर्णय भएको समिति स्रोतले जानकारी दियो । 

शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारले लकडाउनको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । 

सोमवार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले वैशाख २ गतेसम्म लकडाउन गर्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा जारी २१ दिनको लकडाउन पनि वैशाख २ गते नै सकिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्