२१ असार २०८३, आइतबार

काम गर्दागर्दै आँखाको ख्याल यसरी गर्नुस्

कात्तिक २०, २०७४
काम गर्दागर्दै आँखाको ख्याल यसरी गर्नुस्

काठमाडौं — समय बदलिँदै जाँदा काम गर्ने तरिका पनि बदलिएको छ । आजकल धेरैजसो काम कम्प्युटरबाटै हुन्छ । मान्छे अफिसका साथसाथै घरैमा बसेर घन्टौं कम्प्युटरमा काम गर्छन् । तर घन्टौंसम्म कम्प्युटर चलाउँदा आँखामा नराम्रो असर पुग्न जान्छ । यसो गर्दा आँखा थाक्छ, धमिलो देखिन थाल्छ अनि टाउको दुख्न थाल्छ ।

त्यसैले काम गर्दागर्दै आँखाको पनि ख्याल गर्नु जरुरी छ । कसरी आँखाको ख्याल गर्दै समस्याहरूबाट बच्न सकिन्छ त ? आउनुस् चर्चा गरौं : परेला घरिघरि झिम्क्याउनुस् काम गर्दागर्दै बीचबीचमा घरिघरि परेला झिम्क्याउने गर्नुस् । यसो गर्दा तपाईंको आँखा सुक्न पाउँदैन र तिनमा बढी दबाब पनि पर्दैन ।

लगातार काम नगर्नुस् लगातार काम गर्दा आँखामा बढी बोझ पर्न जान्छ, त्यसैले कामको बीचमा अलिकति विश्राम पनि लिन जरुरी छ । यसो गर्दा तपाईंको आँखामा थोरै आराम पुग्छ ।

स्वस्थ खानेकुरा आँखालाई स्वस्थ राख्न स्वास्थ्यवद्र्धक खानेकुरा खानुपर्छ । खानामा भिटामिन ए, इ र सी हुनु जरुरी छ । इसका साथसाथै दूधबाट बनेका पदार्थ, हरिया तरकारी र साग अनि गाजर खानुस् । काम गर्दागर्दै यस्ता पदार्थ खानुस् । व्यायाम काम गर्दागर्दै थाकेका आँखालाई मालिश गर्नुस् ।

आँखाका नानीलाई चारैतर्फ घुमाउनुस् । अनि बीचबीचमा बाथरूम छिरेर आँखामा पानी हान्नुस् । निद्रा आँखालाई ठीक राख्न भरपूर निद्रा जरुरी हुन्छ । निद्रा अपूरो भयो भने तपाईंको आँखामा खराब असर पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्