२२ असार २०८३, सोमबार

स्वास्थ्य सामग्री ल्याउनका लागि सेनाले कसरी गर्दैछ तयारी, कहिले आइपुग्छ ?

चैत २५, २०७६
स्वास्थ्य सामग्री ल्याउनका लागि सेनाले कसरी गर्दैछ तयारी, कहिले आइपुग्छ ?
फाइल फोटो

कोरोनाभाइरस (कोभिड– १९) को उपचार यस विरुद्धको पूर्व सतर्कतामा प्रयोग हुने स्वास्थ्य उपकरण ल्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएपनि सामान ल्याउन केही समय लाग्ने देखिएको छ ।

लिस्ट बनाउने, नेपालस्थित विदेशी दूतावासहरूलाई पत्र पठाउने र दूतावासमार्फत प्राप्त हुने कोटेसन हेरेर सामान ल्याउने काम गर्दा ढिला हुने देखिएको हो ।

सामान कहिलेसम्ममा ल्याउन सकिन्छ भन्ने कुरा अहिल्यै भन्न नसकिने सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता साहयक रथी विज्ञानदेव पाण्डेका अनुसार सेनाले अहिले आवश्यक स्वास्थ्य सामग्रीहरूको लिस्ट तयार पारेको छ ।

नेपालमा नपाइने औषधि र उपकरणहरू खरिदका लागि जीटूजीमार्फत प्रक्रिया अघि बढाउन लागेको सेनाले जनाएको छ ।

प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, ‘हामीले लिस्ट तयार पारिसकेका छौं, अब नेपालमा रहेका राजदूतावासहरूलाई पत्र पठाउँदैछौं ।’

सेनाले दूतावासलाई पत्र पठाइसकेपछि उनीहरूले कुन औषधि र उपकरण उपलब्ध गराउने भन्ने प्रतिबद्धता जनाउँछन् त्यही आधारमा खरिद प्रक्रिया अगाडि बढाउने र त्यसकै आधारमा समय निर्धारण हुने प्रवक्ता पाण्डेले लोकान्तरलाई बताए । 

गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस (कोभिड १९) को रोकाथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार सम्झौता अर्थात् जीटुजी विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

खरिद प्रक्रियाका दौरानमा सेनाले विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त सामग्री मात्र खरिद गर्ने, मध्यस्तकर्ताको प्रयोग नगर्ने, गुणस्तरमा कुनै सम्झौता नगर्ने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गर्ने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गर्ने योजना रहेको सेनाले जनाएको छ । 

सार्वजनिक खरिद ऐन तथा नियामावलीको परिधिभित्र रहेर पारदर्शिता र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाएको र

खरिद गरिने सामग्रीको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारी सहितको गुणस्तर नियन्त्रण समिति गठन गरी कार्यसम्पादन गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्