भारतमा २१ दिनका लागि लगाइएको लकडाउन (बन्दाबन्दी) अर्को मंगलवार सकिँदैछ । तर बन्दाबन्दी त्यसपछि पनि कायमै रहने लक्षण देखिएको छ ।
राज्य सरकारहरू र विशेषज्ञहरू बन्दाबन्दी हटाउने पक्षमा छैनन् र केन्द्र सरकारलाई थप्न आग्रह गरिरहेका छन् । केन्द्र सरकारले यसमा गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ ।
तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले सोमवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई अहिलेको परिस्थितिमा बन्दाबन्दीको अवधि थप्न माग गरेका थिए । अन्य राज्यले पनि यस्तै संकेत दिएका छन् ।
उत्तर प्रदेश सरकारका मुख्यसचिव अवनीश कुमार अवस्थीले सोमवार लोकभवनमा मिडियालाई सम्बोधन गर्दै एकजना पनि कोरोना संक्रमित छुटेमा अहिलेसम्मको सबै प्रयास खेर जाने बताए ।
यस्तो अवस्थामा बन्दाबन्दी बढाइने नै देखिएको छ ।
एजेन्सी