२८ जेठ २०८३, बिहीबार

कपिलवस्तु अस्पतालमा मृत्यु भएकी निशाको कोरोना जाँच रिपोर्ट ‘नेगेटिभ’

चैत २५, २०७६
कपिलवस्तु अस्पतालमा मृत्यु भएकी निशाको कोरोना जाँच रिपोर्ट ‘नेगेटिभ’

कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा सोमवार निधन भएकी कलुमान निशाको कोरोना जाँच रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

कोरोनाको आशंकामा अस्पतालमा मृत्यु भएकी उनको भैरहवास्थित कोरोनाको जाँच गर्ने प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले कलुमानको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको लोकान्तरलाई जानकारी दिए । 

कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी ३६ वर्षीया निशालाई ज्वरो आएपछि आइतवार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए । मेडिकल कलेजले जिल्ला अस्पतालमै फर्काइदिएको थियो तर उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको थियो ।

गिरीले मंगलवार १४ जनाको स्वाब परीक्षण गरिएको जानकारी दिए । बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव मृत्युको १० दिनसम्म उठ्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्