११ साउन २०८३, सोमबार

कोरोनाको परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

चैत २५, २०७६
कोरोनाको परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

भक्तपुर अस्पताल दूधपाटीमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि पिपी बुथ राखिएको छ ।

अस्पतालको इमर्जेन्सी वार्डको बाहिर यो बुथ राखिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्।

डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा उक्त बुथ राखिएको हो। सुपरिटेन्डेन्ट डा गौतमले कोभिड–१९ सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई कोरोना भाइरस सर्नबाट जोगाउन बुथ राखिएको बताइन्।

बुथ बाहिर रहेको कोरोना आशङ्काका बिरामीको बुथभित्र बसेर चिकित्सकले घाँटीबाट ¥याल निकाल्ने भएकाले रोग सर्ने सम्भावना शून्य हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्