२९ असार २०८३, सोमबार

डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

चैत २७, २०७६
डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ। 

बिहीबार बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम) डडेल्धुरा ल्याइएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी हुँदै काठमाडौँ पठाइएको हो। डडेल्धुराका तीन स्थानबाट स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा भारतलगायत अन्य मुलुकबाट आएका १९० जनाको स्वाब सङ्कलन गरिएको उनले बताए। 
    
भारतलगायत अन्य मुलुकबाट भित्रिने स्थानीयको सङ्ख्या तीन हजार बढी छ। तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने १०७ जना बसेका छन्। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित पर्शुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र पर्शुराम नगरपालिका–७ सादनीको शिवशङ्कर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन कार्य जारी रहेको छ। स्वाब सङ्कलनका लागि केन्द्रबाट १९० थान भिटिएम हेलिकप्टरमार्फत डडेल्धुरा पु¥याइएपछि सङ्कलन कार्य शुरु भएको थियो। सङ्कलित नमूना बिहीबार नै धनगढी हुँदै काठमाडौँ पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्