३० असार २०८३, मंगलबार

सुरक्षा परिषद्को बैठकमा चीन र अमेरिकाबीच विवाद

चैत २८, २०७६
सुरक्षा परिषद्को बैठकमा चीन र अमेरिकाबीच विवाद

कोरोनाभाइरस महामारी चर्किरहेको बेलामा त्यसबारे चर्चा गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाइएको छ । बैठकमा अमेरिका र चीनबीच विवाद भएको छ । 

अमेरिकाले राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको आलोचना गरिरहेकोमा चीनले चाहिँ दुवैलाई बेस्सरी प्रशंसा गर्‍यो । 

भर्चुअल बैठकमा चीनले कोरोनाभाइरस जस्तो वैश्विक चुनौतीलाई परास्त गर्न राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले गरेको नेतृत्व तारिफयोग्य भएको बतायो । 

कोरोनाविरुद्ध सबैजना मिलेर लड्नुपर्ने अपील गर्दै चीनले आफूकहाँ कोरोना संकट आउँदा अनेकौं देशले सहायता गरेको र अहिले आफूले १०० भन्दा बढी देशलाई सहयोग गरिरहेको बतायो । 

अमेरिकाले चाहिँ बैठकमा चीनको नीयतमाथि प्रश्न उठायो । संकटका बेलामा पारदर्शिता कायम गर्नुपर्ने र सबैले सत्यतथ्य थाहा पाउनुपर्ने उसले बतायो । आफूले फरक फरक देशसँग मिलेर कोरोनाभाइरसविरुद्ध लडाइँ गरिरहेको दाबी पनि अमेरिकाले गर्‍यो । 

अमेरिकाले चीन तथा विश्व स्वास्थ्य संगठन मिलेर कोरोनाभाइरसको सत्यतथ्य लुकाइरहेको आरोप लगा बैठकमा पनि दोहोर्‍यायो । 

यस बैठकमा विश्वव्यापी युद्धविरामको अपील पनि गरियो जसलाई अधिकांश देशले समर्थन गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्