×

दार्चुलाका क्वारेन्टाइनबाट स्वाब संकलन

चैत २९, २०७६

प्रतिकात्मक तस्वीर

दार्चुलामा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन शुरू भएकोे छ ।

हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरू गरिएको हो । 


Advertisment

भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब संकलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब संकलन शुरू गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । ६ ठाउँबाट ५०० भन्दा बढी व्यक्तिको स्वाब संकलन गरिँदैछ । ९ वटै स्थानीय तहमा भारत लगायतबाट आएका व्यक्तिको स्वाब संकलन गरी परीक्षण गरिने छ । 


Advertisment

स्वाब संकलन अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्याब संकलन गरिँदैछ । 

मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलंगामा स्वाब संकलन शुरू गरिएको उनले बताए ।

शनिवार शैल्यशिखरको गोकुलेश्वर र महाकाली नगरपालिकाको खलंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत र मार्माको लटिनाथ, नौगाडको दल्लेख, दुहुँको हिकिला र हुतीका लागि कैलाश एयरको एमटी हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएको छ ।

‘सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारत लगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी संख्यामा स्वाब परीक्षण गर्न लगाएका छौं,’ प्रजिअ पौडेलले भने, ‘अन्य जिल्लामा २/३ सय व्यक्तिको मात्रै परीक्षण गर्दैछ । सबै स्थानमा अहिले स्वाब संकलन भइरहेको जनाइएको छ ।’

यो क्षेत्रमा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेर समेत मजदुर घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारत लगायतका ठाउँबाट जिल्लामा १ हजार ४०७ जना भित्रिएको तथ्यांक छ तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्यांक भने समेटिएका छैन ।

जिल्लामा शुक्रवारसम्म २८० जना क्वारेन्टाइनमा बसेका छन् । शनिवार सबै क्षेत्रको स्वाब संकलन भइसक्ने जनाइएको छ । – नरेन्द्रसिंह कार्की/रासस

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x