
पञ्जाबको पटियालामा आइतवार निहंग सिखहरूको एक समूहले आक्रमण गरेर एक प्रहरी अधिकारीको हात काटेका छन् भने तीन अन्य प्रहरीलाई घाइते बनाएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार, चारपाँचजना सिखहरूको एक समूह एउटा गाडीमा यात्रा गरिरहेको थियो । बिहान साढे ६ बजेतिर अधिकारीहरूले उनीहरूलाई एउटा तरकारी बजारनिर रोके । त्यसपछि झडप भयो र उनीहरूले प्रहरीमाथि आक्रमण गरे ।
त्यसक्रममा एएसआईको हात काटियो भने तीनजना प्रहरी घाइते भए ।
प्रहरीले उनीहरूसँग पास मागेपछि उनीहरूले आक्रमण गरेको बताइएको छ । प्रहरीको ब्यारियरलाई पनि उनीहरूले गाडीले भत्काए । प्रहरीले गाडी घेरेपछि उनीहरूले तरवार र धारिलो हतियारले चारजना प्रहरीमाथि आक्रमण गरे ।
उनीहरूलाई पक्राउ गरिएको छ र ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरिएको छ ।