१९ असार २०८३, शुक्रबार

निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले सोधे, ‘चुनावका लागि के गर्ने ?’

कात्तिक २०, २०७४
निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले सोधे, ‘चुनावका लागि के गर्ने ?’

काठमाडौं, १० वैशाख– हिजो (शनिबार) साँझ दुई चरणमा निर्वाचन गर्ने गरी मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग ३ बुँदे ‘अलिखित’ सहमति गरेका प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) बिहान निर्वाचन आयुक्तहरुसँग परामर्श लिएका छन् ।

खासगरी दुईचरणमा निर्वाचन गर्न सकिने अवस्था र दोस्रो चरणको निर्वाचनका अपयुक्त मितिका बारे प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग परामर्श लिएका थिए ।

निर्वाचन आयोगका सबै आयुक्तहरुालई आइतबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचनको मिति तय गर्नेबारे छलफल गरेका थिए । बैठकमा जेठको तेस्रो सातामा दोस्रो चरणको निर्वाचन गरे उपयुक्त हुने विषयमा छलपल भएको जनाइएको छ ।

निर्वाचन आयुक्तहरुसँगको छलफल पछि आजै बस्ने मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचनबारे ठोस निर्णय गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्