२२ असार २०८३, सोमबार

रोल्पामा महिलाको लाठी जुलुस

कात्तिक २०, २०७४
रोल्पामा महिलाको लाठी जुलुस
रोल्पा, ७ पुस-प्रदेश नं ५ वाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पाली महिलाले बुधबार सदरमुकाम लिवाङमा लाठी जुलुस प्रदर्शन गरेका छन् । 


हातहातमा लाठी लिएर उत्रिएका महिलाले प्रदेश टुक्र्याउने गरी संसद्मा पेस भएको विधेयक फिर्ता हुनुपर्ने माग गरेका छन् । तराईसँग आफूहरुको पनि रोटीबेटीको सम्बन्ध रहेको बताउँदै युगौँ देखिको सो सम्बन्ध नटुटाई दिन सरकारसँग माग गरे ।

कार्यक्रममा पूर्वसांसद रीमा नेपालीले चुलोचौकोमा सीमित हुने महिला हातमा लठ्ठी लिएर सरकारलाई चुनौती दिन सडकमा उत्रनु सामान्य नभएको बताउनुभयो । प्रदेश विभाजनले सबैभन्दा बढी पीडा दलित, महिला र गरिबलाई हुने बताउँदै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मिश्री हमालले हातमा लाठी लिएका महिला आगामी स्थानीय तहको निर्वाचनसम्म एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

रोल्पा र दाङको सम्बन्ध निकै पुरानो र पूरक रहेको बताउँदै प्रदेश टुक्रँदा चेलिबेटीको सम्बन्धसमेत टुट्ने हँुदा अलग गराउने कार्य कदापि स्वीकार्य नहुने उहाँको तर्क थियो । विधेयक फिर्ता लिएर जनमतको कदर गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्