३० असार २०८३, मंगलबार

दुई हप्ता हेरेर मात्र लकडाउन खुकुलो बनाउन विश्व स्वास्थ्य संगठनको आग्रह

बैशाख ३, २०७७
दुई हप्ता हेरेर मात्र लकडाउन खुकुलो बनाउन विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि लगाइएका नियन्त्रणलाई खुकुलो बनाएका देशहरूले कम्तीमा दुई हप्तासम्म त्यसको असर हेरेर मात्र अझ खुकुलो बनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले बुधवार जनाएको छ । 

आफ्नो पछिल्लो स्ट्राटेजी अप्डेटमा संगठनले संसार अहिले महाव्याधिको महत्त्वपूर्ण समयमा आइपुगेको र यसलाई रोक्नका लागि कुन उपाय आवश्यक छन् भन्ने विषयको निर्क्यौल गर्न तीव्रता, व्यापकता र समता हाम्रो निर्देशक सिद्धान्त हुनुपर्ने जनाएको छ । 

प्रत्येक देशले न्यून स्तरको तथा शून्य संक्रमण कायम राखिरहन व्यापक सार्वजनिक स्वास्थ्य उपाय अवलम्बन गर्नुपर्ने अनि संक्रमण फैलिन नदिनका लागि आफ्नो क्षमता वृद्धि गर्नुपर्ने पनि संगठनको भनाइ छ ।

भाइरसले बढी आक्रान्त पारेका केही देशले लकडाउन हटाउने योजना बनाइरहेका छन् र सामान्य जीवनमा फर्किनका लागि कोशिश गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनको अप्डेटले यस्ता कदमहरू क्रमिक रूपमा चाल्नुपर्ने र नयाँ कदम चाल्नुअघि पुराना कदमको असरको मूल्यांकन गर्नुपर्ने सुझाव दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्