२० असार २०८३, शनिबार

लकडाउनका कारण पैसा सकिएपछि नेपाली सहित ५ विदेशी ऋषिकेशको गुफामा लुकेको पाइयो

बैशाख ८, २०७७
लकडाउनका कारण पैसा सकिएपछि नेपाली सहित ५ विदेशी ऋषिकेशको गुफामा लुकेको पाइयो

कोरोनाभाइरस महाव्याधिका बेलामा पैसा सकिएपछि भारतको ऋषिकेशमा रहेको एक गुफामा लुकेका नेपाली सहित ६ जना विदेशी पर्यटकलाई क्वारेन्टीनमा पठाइएको त्यहाँको प्रहरीले जनाएको छ । 

फ्रान्स, अमेरिका, युक्रेन, टर्की र नेपालका चार पुरुष र दूई महिला मार्च २४ देखि ऋषिकेशको गुफामा लुकेको प्रहरी निरीक्षक राजेन्द्र सिंह कठायतले बताए । 

ती पर्यटकहरूलाई स्वगए आश्रम लगिएको र १४ दिनसम्म क्वारेन्टीनमा राखिनेछ । तर कसैमा पनि कोरोनाभाइरसको लक्षण देखिएको छैन । 

‘लकडाउन शुरू हुनुअघि उनीहरू मुनि की रेती क्षेत्रमा रहेको एक होटलमा बसिरहेका थिए । पैसा सकिएपछि उनीहरू गुफा पसे,’ कठायतले भने । 

‘तर उनीहरूले खानेकुरा र अन्य सामानका लागि पैसा बचाएका रहेछन् ।’

नेपालीले उक्त समूहका लागि अत्यावश्यक वस्तु किन्ने गरेको कठायतले बताए । 

salt training

कमेन्ट गर्नुहोस्