कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बैशाख १०, २०७७
स्थानीय तहलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानीय सरकारका निम्ति कोभिड लाइभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली बनाएको छ ।
यस प्रणाली अन्तर्गत हाल क्वारेन्टाइन, लाइभ ट्रयाकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वयं परीक्षा लगायत अन्य मोड्युलहरू मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन् ।
विकास साझेदारहरूको सहयोगमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ लगायत अन्य मोड्युलहरूको निरन्तर विकास र कार्यान्वयन गरिँदै लगिएको कम्पनीले जनाएको छ ।
प्रणालीमा हेल्थ कोअर्डिनेटर, स्थानीय प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन् भने सर्वसाधारणले स्वयं परीक्षा लिने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्ने गर्न जनाइएको छ ।
स्मार्टपालिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले भने, ‘हामी विगत ११ वर्षदेखि देशविदेशमा भएका प्राकृतिक प्रकोप व्यवस्थापनका निम्ति प्रणाली विकास गरिरहेका छौं । विपद् व्यवस्थापनमा स्थानीय सरकारहरूले उल्लेखनीय योगदान गर्नुभएकै छ, कोभिड १९ नियन्त्रणमा प्रविधिको उत्कृष्ट प्रयोग गर्ने बारेमा हामी उहाँहरूलाई सहयोग गर्नेछौं । हामीले तयार गरेका प्रणाली हस्तान्तरण गरी संसारमै एउटा अमूल्य उदाहरणको प्रस्तुति दिन चाहन्छौं । यस प्रणालीलाई भविष्यमा स्थानीय तहको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लान सकिने छ ।’
स्मार्टपालिका र सेलएप इनोभेसन्सको संयुक्त प्रयासमा प्रणाली विकास गरिएको छ । प्रणाली हाल भरतपुर महानगर, वीरगञ्ज महानगर, धुलिखेल नगरपालिका लगायत करीब ६० स्थानीय तहमा प्रयोगमा आएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...